झापा–५ पुगे ओली, ‘एमालेमय झापा, एमालेमय देश’ को अपिल

२ महिना अगाडि
झापा–५ पुगे ओली, ‘एमालेमय झापा, एमालेमय देश’ को अपिल

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा–५ पुगेका छन् । चन्द्रगढी विमानस्थलबाट बिर्तामोड हुँदै निर्वाचन क्षेत्रमा प्रवेश गरेका ओलीलाई नेता–कार्यकर्ता र शुभेच्छुकहरूले भव्य स्वागत गरेका थिए ।

विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले देश विषम परिस्थितिमा पुगेको दाबी गरे । शान्ति–सुरक्षा र निर्वाचन वातावरणबारे पत्रकारहरूको जिज्ञासापछि उनले झापालाई मात्र होइन, देशैभर एमालेमय बनाउन सहयोग गर्न अपिल गरे ।