कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार बस्ने

२ महिना अगाडि
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक बोलाएको छ। बैठक आइतबार बिहान साढे बजे बस्ने भएको पार्टीले जनाएको छ।कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकका लागि तीनवटा प्रमुख एजेन्डा तय गरिएका छन्। बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।

बैठकका एजेन्डामा
पहिलो, नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन परिचालन निर्देशिका–२०८२
दोस्रो, नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–२०८२
र तेस्रो, केन्द्रीय अनुशासन समिति गठनसम्बन्धी विषय समावेश गरिएको छ।

पार्टी स्रोतका अनुसार निर्वाचन केन्द्रित रणनीति, संगठन परिचालन र अनुशासन व्यवस्थापनका विषयमा बैठकले महत्वपूर्ण निर्णय लिन सक्नेछ। भर्चुअल माध्यमबाट बस्ने यो बैठकले निर्वाचन अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।