काठमाडौं २५ माघ । चर्चित अभिनेता सुनिल थापाको मृत्यु हृदयघातका कारण भएको पुष्टि भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा आइतबार बिहान थापाको शवको पोस्टमार्टम गरिएको थियो ।
स्रोतका अनुसार पोस्टमार्टम रिपोर्टमा उनको मुटुको नसा ब्लक भई हृदयघात भएको र त्यसैका कारण मृत्यु भएको उल्लेख गरिएको छ । शनिबार ६८ वर्षको उमेरमा निधन भएका थापाको पार्थिव शरीर श्रद्धाञ्जली अर्पणका लागि चलचित्र विकास बोर्डमा राखिएको छ ।
नेपाली चलचित्र क्षेत्रमा लामो समय योगदान दिएका थापाको निधनले चलचित्रकर्मी तथा उनका शुभचिन्तकहरू शोकमा डुबेका छन् ।