पुल निर्माण माग गर्दै स्थानीयवासी आन्दोलनमा

२ महिना अगाडि
पुल निर्माण माग गर्दै स्थानीयवासी आन्दोलनमा

काठमाडौं २६ माघ । हुलाकी राजमार्ग अन्तर्गत सिरहाको औरही गाउँपालिका–४ स्थित सहजा खोलामा निर्माण अलपत्र परेको पुल तत्काल निर्माण गर्न माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन्। सोमबार बिहान स्थानीयवासीले पुलकै अगाडि प्रदर्शन गर्दै हुलाकी सडक अवरुद्ध गरेका हुन्।

लामो समयदेखि पुल नबन्दा आवतजावतमा कठिनाइ हुनुका साथै बारम्बार सवारी दुर्घटना हुँदा सर्वसाधारणले ज्यान गुमाउनुपरेको स्थानीयको भनाइ छ। प्रदर्शनका क्रममा उनीहरूले ठेकेदार, प्रशासन र प्रहरीविरुद्ध नाराबाजी गरेका थिए।

स्थानीयवासीले पुल निर्माणमा भइरहेको ढिलासुस्तीप्रति गम्भीर ध्यान दिन र तत्काल काम अघि बढाउन माग गरेका छन्। माग पूरा नभए आन्दोलनलाई थप कडा बनाउने चेतावनीसमेत दिएका छन्।