केही स्थानमा वर्षा र हिमपातको सम्भावना

२ महिना अगाडि
केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं २६ माघ । देशका केही स्थानमा सोमबार वर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्नेछ भने सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि साधारणतया बादल लाग्ने अनुमान गरिएको छ।

विभागका अनुसार कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ। मौसम परिवर्तनका कारण चिसो बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।