रुद्रवेणी–वामीटक्सार सडक आंशिक रूपमा अवरुद्ध हुने

२ महिना अगाडि
रुद्रवेणी–वामीटक्सार सडक आंशिक रूपमा अवरुद्ध हुने

काठमाडौं २६ माघ । गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार सडक खण्ड आजदेखि आंशिक रूपमा अवरुद्ध हुने भएको छ। राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने उक्त सडक खण्ड चौडा गर्न कटिङ गर्नुपर्ने भएकाले माघ २६ गतेदेखि फागुन १५ गतेसम्म सडक आंशिक रूपमा बन्द गरिने भएको हो।

निर्धारित अवधिमा दैनिक बिहान ६ बजेदेखि ९ बजेसम्म, बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द रहने जनाइएको छ। यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।