काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि लागू गरिएको आचारसंहिता उल्लंघनको आरोपमा निर्वाचन आयोगले ५१ जनासँग स्पष्टीकरण मागेको छ ।
आयोगका अनुसार तीमध्ये ३० जनाले मात्र स्पष्टीकरण बुझाएका छन् भने २१ जनाले अझै जवाफ दिएका छैनन् । उनीहरूलाई पुनः ताकेता गरिएको जनाइएको छ ।
आचारसंहिता उल्लंघन भएको देखिएमा आयोगले स्पष्टीकरण सोध्ने र प्राप्त जवाफको अध्ययनपछि कारबाहीबारे निर्णय गर्ने प्रक्रिया रहेको छ । आयोगले माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको थियो ।