क्यानडा । क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तस्थित सानो सहर टम्बलर रिजमा भएको गोलीकाण्डमा नौ जनाको ज्यान गएको छ भने कम्तीमा २५ जना घाइते भएका छन् । स्थानीय माध्यमिक विद्यालय र एक घरमा आक्रमण भएको जनाइएको छ ।
करिब २५ सय जनसंख्या रहेको उक्त समुदायमा घटनापछि विद्यालयहरूमा लकडाउन गरिएको थियो । केही घण्टापछि मात्र विद्यार्थी र शिक्षकहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार सुरुवाती समयमा वास्तविक अवस्था स्पष्ट नभएकाले त्रास र अन्योलको अवस्था सिर्जना भएको थियो ।
नगरप्रमुख डारिल क्राकोव्काले सानो समुदाय भएकाले घटनाले सम्पूर्ण सहर शोकमा डुबेको बताएका छन् । स्थानीय अधिकारीहरूले आपतकालीन सेवाहरू परिचालन गरी घाइतेहरूको उपचार भइरहेको जनाएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। मृतकहरूको नाम हालसम्म सार्वजनिक गरिएको छैन ।