विश्वकपः श्रीलंकाले दियो ओमानलाई २ सय २६ रनको विशाल लक्ष्य

२ महिना अगाडि
विश्वकपः श्रीलंकाले दियो ओमानलाई २ सय २६ रनको विशाल लक्ष्य

काठमाडौं २९ माघ । टी–२० विश्वकप अन्तर्गत समूह ‘बी’मा श्रीलंका र ओमानबीचको खेल जारी छ। घरेलु टोली श्रीलंकाले ओमानसामु २२६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

पल्लेकेले मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२५ रनको उच्च योगफल खडा गर्‍यो। श्रीलंकाको इनिङ्समा तीन खेलाडीले अर्धशतक प्रहार गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याए।

कुशल मेन्डिसले ६१ रनको उत्कृष्ट इनिङ्स खेले भने पवन रत्नायकेले ६० रन जोडे। कप्तान दाशुन शनाकाले पनि आक्रामक शैलीमा ५० रन बनाए। यस्तै, कमिन्दु मेन्डिस १९ रनमा अविजित रहे भने पथुम निसान्काले १३ रनको योगदान दिए।

ओमानका बलरहरूले सुरुआती ओभरहरूमा केही दबाब सिर्जना गरे पनि श्रीलंकाली ब्याटरहरू लयमा देखिए। बलिङतर्फ ओमानका जितेन रमानन्दीले दुई विकेट लिए भने सुफ्यान मेहमुद र जय ओडेराले एक–एक विकेट हात पारे।