काठमाडौं ४ फागुन । बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी हुने भएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा परराष्ट्रमन्त्री शर्माले उक्त समारोहमा सहभागिता जनाउने प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिएका छन्।
सोहीअनुसार परराष्ट्रमन्त्री शर्मा आजै बंगलादेशको राजधानी ढाका प्रस्थान गर्ने कार्यक्रम रहेको छ। हालै सम्पन्न आम निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी बीएनपीले प्रतिनिधिसभामा दुईतिहाइ बहुमत हासिल गरेको थियो। निर्वाचन परिणामअनुसार बीएनपीका प्रमुख तारिक रहमान प्रधानमन्त्री पदमा नियुक्त हुँदैछन्।