सुनको भाउ घट्यो, चाँदीमा सामान्य वृद्धि

२ महिना अगाडि
सुनको भाउ घट्यो, चाँदीमा सामान्य वृद्धि

काठमाडौं ५ फागुन । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा पुनः गिरावट देखिएको छ भने चाँदीको भाउमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ३ हजार रुपैयाँले घटेको सुन मंगलबार थप ९ सय रुपैयाँले ओरालो लागेको हो।

आज छापावाल सुन तोलामा ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात् सोमबार भने यही सुन ३ लाख २ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारको प्रभाव र डलर विनिमय दरका कारण सुनको मूल्यमा उतारचढाव देखिँदै आएको व्यवसायीहरू बताउँछन्।

यता, चाँदीको भाउ भने मंगलबार बढेको छ। तोलामा २५ रुपैयाँले वृद्धि हुँदै चाँदी ४ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी ४ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो।