कांग्रेस एमालेप्रति रवि लामिछानेको कटाक्ष ! जनता जागेको बेला कचकच नगरौँ

एक महिना अगाडि
कांग्रेस एमालेप्रति रवि लामिछानेको कटाक्ष  ! जनता जागेको बेला कचकच नगरौँ

काठमाडौं ७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले जनता सचेत र जागरूक भएको समयमा अनावश्यक विवाद र अवरोध नगर्न अन्य दललाई आग्रह गरेका छन्। ७ फागुनमा सुर्खेतमा आयोजित रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने, “जतिबेला जनता जाग्छन्, त्यतिबेला कचकच गर्न पाइँदैन।

सबै मिलेर अघि बढे हुन्छ। उनले रास्वपा एक्लै चुनावी प्रतिस्पर्धामा उत्रने उल्लेख गर्दै कसैलाई डराउनुपर्ने अवस्था नभएको दाबी गरे।

रास्वपासँग डराउनुपर्ने जो हो, डराए हुन्छ, जनता डराउनुपर्दैन,उनले भने। लामिछानेले आफूहरूको उद्देश्य सत्ता प्राप्ति मात्र नभई प्रणाली सुधार भएको बताए। विश्वविद्यालयहरूमा दलीय ब्यानर हटाएर शैक्षिक वातावरण सुदृढ बनाउने र ठेक्का लिइएका विकास आयोजना समयमै सम्पन्न गर्ने वातावरण निर्माण गर्न रास्वपा प्रतिबद्ध रहेको उनको भनाइ छ।

उनले राजनीतिक दलहरूबीचको अनावश्यक आरोप–प्रत्यारोपभन्दा जनताको अपेक्षा र मुद्दामा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे। उनका अनुसार अहिलेको समय जनमतलाई सम्मान गर्ने र नागरिकका वास्तविक समस्या समाधान गर्ने हो, नकि आपसी विवादमा अल्झिने।

लामिछानेको अभिव्यक्तिले चुनावी माहोलमा रास्वपाको रणनीति स्पष्ट गरेको छ, जहाँ पार्टीले आफूलाई परिवर्तनको पक्षधर शक्तिका रूपमा प्रस्तुत गर्न खोजेको देखिन्छ। उनले अन्त्यमा जनतालाई सचेत रहन र परिवर्तनको पक्षमा उभिन आह्वान गरेका छन्।