घरदैलोमा केन्द्रित नेकपा, ५६ सिटलाई ‘मिशन विजय’ घोषणा

एक महिना अगाडि
घरदैलोमा केन्द्रित नेकपा, ५६ सिटलाई ‘मिशन विजय’ घोषणा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी निर्वाचनका लागि आफ्नो चुनावी रणनीति परिवर्तन गरेको छ। अघिल्लो निर्वाचनमा ठूला आमसभा गर्दै आएको पार्टीले यसपटक घरदैलो कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ।

निर्वाचन आयोगले फागुन ४ देखि १८ गतेसम्म प्रचारप्रसारको समय तोकेका बीच नेकपाले ठूला जनसभाभन्दा कोणसभा, अन्तर्क्रिया, विचार गोष्ठी र घरदैलो अभियानलाई केन्द्रमा राखेको प्रवक्ता अग्निप्रसाद सापकोटा ले जानकारी दिए। ‘यो पटक धेरै ठूला आमसभा गर्ने योजना छैन। आवश्यकता अनुसार परम्परागत शैली अपनाउँछौँ, तर विशेष जोड घरदैलो कार्यक्रमलाई दिएका छौँ,’ उनले बताए।

पूर्वप्रधानमन्त्री तथा पूर्वी रुकुमका उम्मेदवार केही दिनको घरदैलो कार्यक्रम सकेर काठमाडौं फर्किएको जानकारी दिँदै उनले देशव्यापी ठूला सभाको औपचारिक कार्यतालिका अहिलेसम्म नबनेको स्पष्ट पारे। स्थानीय आवश्यकता अनुसार कतिपय स्थानमा सभा हुन सक्ने उनले बताए।

१२ वर्षपछि एक्लै निर्वाचनमा होमिएको नेकपाले १६४ क्षेत्रमा उम्मेदवारी दिएको छ। तीमध्ये ५६ क्षेत्रमा जित सुनिश्चित देखिएको र ६६ क्षेत्रमा सम्भावना रहेको सापकोटाको दाबी छ। बाँकी क्षेत्रलाई सामान्य अवस्थाको रूपमा वर्गीकरण गरिएको छ।

उनका अनुसार जित्ने ५६ क्षेत्रमा विशेष प्राथमिकता दिएर चुनावी गतिविधि तीव्र बनाइएको छ। प्रदेशगत रूपमा बागमती, कर्णाली र लुम्बिनीमा पार्टीको स्थिति बलियो रहेको दाबी गरिएको छ भने सुदूरपश्चिम, मधेस र कोशीमा सुधार हुँदै गएको तथा गण्डकीमा स्थिति सामान्य रहेको विश्लेषण गरिएको छ।कारी दिए। ‘यो पटक धेरै ठूला आमसभा गर्ने योजना छैन। आवश्यकता अनुसार परम्परागत शैली अपनाउँछौँ, तर विशेष जोड घरदैलो कार्यक्रमलाई दिएका छौँ,’ उनले बताए।

पूर्वप्रधानमन्त्री तथा पूर्वी रुकुमका उम्मेदवार केही दिनको घरदैलो कार्यक्रम सकेर काठमाडौं फर्किएको जानकारी दिँदै उनले देशव्यापी ठूला सभाको औपचारिक कार्यतालिका अहिलेसम्म नबनेको स्पष्ट पारे। स्थानीय आवश्यकता अनुसार कतिपय स्थानमा सभा हुन सक्ने उनले बताए।

१२ वर्षपछि एक्लै निर्वाचनमा होमिएको नेकपाले १६४ क्षेत्रमा उम्मेदवारी दिएको छ। तीमध्ये ५६ क्षेत्रमा जित सुनिश्चित देखिएको र ६६ क्षेत्रमा सम्भावना रहेको सापकोटाको दाबी छ। बाँकी क्षेत्रलाई सामान्य अवस्थाको रूपमा वर्गीकरण गरिएको छ।

उनका अनुसार जित्ने ५६ क्षेत्रमा विशेष प्राथमिकता दिएर चुनावी गतिविधि तीव्र बनाइएको छ। प्रदेशगत रूपमा बागमती, कर्णाली र लुम्बिनीमा पार्टीको स्थिति बलियो रहेको दाबी गरिएको छ भने सुदूरपश्चिम, मधेस र कोशीमा सुधार हुँदै गएको तथा गण्डकीमा स्थिति सामान्य रहेको विश्लेषण गरिएको छ।