दाङ ८ फागुन । तुलसीपुरमा एमालेको चुनाव चिह्न अंकित झण्डा दहन भएको घटनाले चुनावी वातावरण थप तनावपूर्ण बनेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा राष्ट्रिय स्वतन्त्र पार्टी समर्थक देखिएका समूहले नेकपा एमालेको झण्डा जलाउँदै अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेको देखिन्छ।
एमाले सम्बद्ध नेशनल भोलेन्टियर्स फोर्स र अनेरास्ववियुले दोषीमाथि कारबाहीको माग गर्दै प्रतिकारको चेतावनी दिएका छन्। एमाले दाङका सचिव श्याम डाँगीले घटनाले शान्तिपूर्ण निर्वाचनमाथि प्रश्न उठाएको बताए।
यता राष्ट्रिय स्वतन्त्र पार्टीका दाङ सभापति विनय घिमिरेले घटनामा घुसपैठ भएको दाबी गर्दै पार्टीको संलग्नता अस्वीकार गरेका छन्।