दाङ ८ फागुन। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले तुलसीपुरस्थित बिरेन्द्रचोकमा राजा वीरेन्द्र शाहको शालिकमाथि चढेर नाराबाजी गरिएको घटनाप्रति खेद प्रकट गरेको छ। रास्वपाका सभापति रवि लामिछानेको आगमनका क्रममा केही कार्यकर्ताले शालिकमाथि उभिएर अभद्र व्यवहार गरेको भन्दै राप्रपाले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा कायम गर्न सबै दललाई आग्रह गरेको छ।