टी–२० विश्वकप ‘सुपर ८’ ढाँचामाथि विवाद, आईसीसीको बचाउ

एक महिना अगाडि
टी–२० विश्वकप ‘सुपर ८’ ढाँचामाथि विवाद, आईसीसीको बचाउ

काठमाडौं ८ फागुन। हाल जारी टी-२० विश्वकपको सुपर ८ चरणको ढाँचा विवादास्पद बनेको छ। भारत, जिम्बावे, वेस्ट इन्डिज र दक्षिण अफ्रिकालाई एउटै समूहमा राख्दा पाकिस्तान, श्रीलंका, इङ्गल्याण्ड र न्युजिल्याण्ड अर्को समूहमा परेको छ।

विशेषज्ञ र फ्यानहरूले प्रि–सिडिङ प्रणालीले असन्तुलन सिर्जना गरेको आलोचना गरेका छन्। यसको कारणले समूहमा प्रतिस्पर्धा असमान हुने र केही टिमहरू लाभ वा हानि पुग्ने तर्क उठाइएका छन्।

आईसीसीले भने व्यवस्थापकीय र प्रसारण तालिकाका कारण यस्तो संरचना अपनाइएको स्पष्ट पारेको छ। प्रमुख कारण खेल तालिका मिलाउनु, टेलिभिजन प्रसारण र दर्शक आकर्षण कायम गर्नु रहेको जनाइएको छ।आईसीसीले यसलाई खेलको निष्पक्षता र दर्शक अनुभवबीच सन्तुलन राख्ने उपायको रूपमा प्रस्तुत गरेको छ।