इंग्ल्यान्ड एयरबेस नदिने निर्णय, अमेरिका असन्तुष्ट

एक महिना अगाडि
इंग्ल्यान्ड एयरबेस नदिने निर्णय, अमेरिका असन्तुष्ट

काठमाडौं ८ फागुन । बेलायतले अमेरिकालाई इरानमाथि सम्भावित सैन्य कारबाहीका लागि आफ्नो एयरबेस प्रयोग गर्न नदिने निर्णय गरेको छ। अमेरिकाले डिएगो गार्सियास्थित सैन्य बेस प्रयोग गर्न चाहेको थियो।

पुरानो सम्झौताअनुसार बेलायती प्रधानमन्त्रीको स्वीकृतिबिना अमेरिकी सेनाले बेस प्रयोग गर्न सक्दैन। बेलायतले जोखिम नलिने निर्णय गरेको छ र अन्तर्राष्ट्रिय कानुनका कारण आफ्ना आधारहरू उपलब्ध गराउन असमर्थ भएको जनाएको छ।

यस निर्णयले अमेरिका असन्तुष्ट रहेको छ। अमेरिकी विश्लेषकहरूले बेलायतको कदमले संयुक्त सैन्य योजना प्रभावित हुन सक्ने चेतावनी दिएका छन्। बेलायतले भने सुरक्षा र कानुनी जिम्मेवारीका कारण यो कदम उठाएको स्पष्ट पारेको छ।