काठमाडौ ६ जेठ । स्मार्टफोन आजको दिनमा अत्यावश्यक भइसकेको छ । ग्राहकको आवश्यकता अनुसार सबै बजेट अनि फिचर राखेर हरेक हप्ता कुनै न कुनै नयाँ स्मार्टफोन सार्वजनिक भइरहेको छ ।
यस्तोमा यदि तपाईं बजेट फोनको खोजीमा हुनुहुन्छ र कुन फोन आफ्नो आवश्यकताका लागि उपयुक्त हुन्छ भन्ने सोचमा हुनुहुन्छ भने हामीले यहाँ बजारमा उपलब्ध २० हजार रुपैयाँमा नै आउने बजेट फोनहरूको विषयमा उल्लेख गरेका छौँ ।
रेड्मी १४सी
झट्ट हेर्दा आकर्षक देखिने यो फोनलाई पावर प्याक फोन भन्न सकिन्छ । हेर्दा चिटिक्क मात्र हैन, यसलाई कम्पनीले बजेट अनुरुपको उत्कृष्ट फोन बनाउने पूरा प्रयास गरेको छ । फोनमा मिडियाटेक हेलियो जी८५ अल्ट्रा चिपसेट प्रयोग गरिएको छ । यस्तै, यसमा रेड्मीको आफ्नै हाइपर ओएस प्रयोग गरिएको छ ।
६.८८ इन्चको एचडी प्लस डिस्प्लेसँगै आएको यो फोनमा १२० हर्जको रिफ्रेस रेट दिइएको छ । फोनमा डुअल क्यामेरा सेटअप छ, जसमा मुख्य क्यामेरा ५० मेगापिक्सेलको छ भने अगाडि १३ मेगापिक्सेलको क्यामेरा दिइएको छ ।
यो फोनको अर्को विशेषता भनेको स्टोरेज पनि हो । यसमा ८ जीबी र्याम दिइएको छ, जसलाई भर्चुअल रूपमा थप ८ जीबीसम्म बढाउन सकिन्छ । इन्टर्नल स्टोरेज भने २५६ जीबीको रहेको छ ।
फोनमा ५,१६० एमएएच ब्याट्री दिइएको छ, जसले १८ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ । नेपाली बजारमा रेड्मी १४ऋ को सुरुवाती भेरियन्ट ४र१२८ जीबीको मूल्य १३ हजार ९०० रुपैयाँ तोकिएको छ ।
ओप्पो एथ्री एक्स
हामीसँग भएको अर्को फोन हो ओप्पो एथ्री एक्स, जसलाई अन्य फोनको तुलनामा बलियो मान्न सकिन्छ । १४ हजार ५०० रुपैयाँ मूल्य तोकिएको यो फोनमा मिलिट्री ग्रेड शक रेसिस्टेन्ट प्रयोग गरिएको छ, जसले फोनलाई बलियो बनाएको छ ।
६.६७ इन्चको एचडी प्लस डिस्प्लेसँगै आएको यो फोनको डिजाइन र रंग पनि उत्तिकै आकर्षक देखिन्छ । यसमा एक हजार निट्सको ब्राइटनेस पाउन सकिन्छ । क्यामेराको कुरा गर्ने हो भने, यो फोनमा ८ मेगापिक्सेलको मुख्य क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ ।
एन्ड्रोइड १४ मा आधारित यो फोनमा स्न्यापड्रागन ६ जेन १ चिपसेट प्रयोग गरिएको छ । ४र६४ र ४र१२८ जीबी भेरियन्टमा पाइने यो फोनमा ५,१०० एमएएचको ब्याट्री दिइएको छ, जसले ४५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ ।
यतिको बजेट रेन्जमा धेरै फिचर, बलियो र भरपर्दो फोन खोज्दै हुनुहुन्छ भने ओप्पो एथ्री एक्स लाई अवश्य पनि मौका दिन सक्नुहुन्छ ।
सामसङ एम१४ फोरजी
सामसङ पनि एउटा यस्तो कम्पनी हो, जसले आफ्ना सबै प्रकारका ग्राहकलाई लक्षित गरी स्मार्टफोन ल्याएको छ । बजेट प्रयोगकर्ताका लागि भनेर कम्पनीले ल्याएको सस्तो फोन हो सामसङ एम१४ फोरजी ।
धेरैजसो सामसङ प्रयोगकर्ताले सामसङलाई नै निरन्तरता दिने गरेको देखिन्छ । त्यसका लागि सामसङको ः सिरिज अन्तर्गतको यो बजेट फोन उपयुक्त हुन सक्छ । यो एक वर्ष अगाडि सार्वजनिक भएको फोन भए पनि अझै बजेट सेग्मेन्टमा यसलाई उत्कृष्ट मान्न सकिन्छ ।
आकर्षक देखिने यो फोनको बिल्ड क्वालिटी पनि राम्रो नै छ । फोनमा ९० हर्जको ६।७ इन्चको फुल एचडी प्लस डिस्प्ले छ । एन्ड्रोइड १३ मा आधारित यो फोनमा सामसङको इलभ ग्क्ष् प्रयोग गरिएको छ । प्रोसेसर भने क्वालकमको स्न्यापड्रागन ६८० प्रयोग गरिएको छ ।
क्यामेरातर्फ ५० मेगापिक्सेलको मुख्य क्यामेरा र १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ । स्टोरेजतर्फ दुईवटा विकल्प छन्स् ४र६४ जीबी र ६र१२८ जीबी । उपलब्ध र्यामलाई तपाईंले भर्चुअल रूपमा १२ जीबीसम्म बढाउन सक्नुहुन्छ ।
ब्याट्री भने ५००० एमएएचको दिइएको छ, जसले २५ वाटको चार्जर सपोर्ट गर्छ । नेपाली बजारमा यो फोनको सुरुवाती मूल्य १६ हजार ९०० रुपैयाँ रहेको छ ।
भिभो वाई१९एस
२० हजारभन्दा कम बजेटको अर्को राम्रो फोन हो भिभो थ्ज्ञढक । कम बजेट भए पनि झट्ट हेर्दा फोन प्रिमियम देखिन्छ । ६.६८ इन्चको ९० हर्जको आईपीएस एलसीडी डिस्प्लेसँगै आएको यो फोनको डिस्प्लेको पिक ब्राइटनेस १००० निट्स रहेको छ ।
कम्पनीले फोनलाई एन्टी ड्रप डिजाइन गरेको दाबी गरेको छ भने एजीएस फाइभ लेभल स्टारको प्रमाणीकरण र मिलिट्री ग्रेड प्रमाणीकरण पनि यो फोनले पाएको छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा पाउन सकिन्छ ।
एन्ड्रोइड १४ मा आधारित यो फोनमा भिभोको आफ्नै फनटच ओएस १४ प्रयोग गरिएको छ । यस्तै, यसमा युनिसक टी६१२ प्रोसेसर प्रयोग गरिएको छ भने फोनमा ५,१५० एमएएच क्षमताको ब्याट्री छ ।
स्टोरेजतर्फ यो फोन दुई स्टोरेज भेरियन्टमा उपलब्ध छस् ४र१२८ जीबी र ६र१२८ जीबी । फोनको सुरुवाती मूल्य १६ हजार ९९९ रुपैयाँ रहेको छ ।
बेन्को भी९२
बजारमा बजेट ब्रान्डको रूपमा परिचित बेन्कोको फोन पनि तपाईंको लागि विकल्प हुन सक्छ( विशेषगरी बेन्को भी९२ बजेट फोन भए पनि कम्पनीले यसमा लेदर फिनिस दिएको छ, जसले गर्दा यो फोन बोक्दा नै प्रिमियम महसुस हुन्छ ।
सामान्यतः बजेट फोनहरूमा लेदरको फिनिसिङ पाइँदैन — यसमा भने बेन्को अगाडि छ । फोनमा छ ६।७२ इन्चको फुल एचडी प्लस डिस्प्ले, ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा र ५० मेगापिक्सेलको रियर क्यामेरा ।
एन्ड्रोइड १४ मा आधारित यो फोनमा युनिसक टी६०६ अक्टाकोर प्रोसेसर प्रयोग गरिएको छ । फोनमा ६ जीबीको र्याम दिइएको छ । यसलाई थप गरेर १२ जीबीसम्म बनाउन सकिन्छ भने स्टोरेजका लागि २५६ जीबी छ ।
१८ वाट चार्जिङको साथमा ५००० एमएएच ब्याट्री क्षमता भएको यो फोनको मूल्य १६ हजार ९९९ रुपैयाँ तोकिएको छ ।