गौर । रौतहटमा दुई समुदायबीच भएको झडपपछि शान्ति स्थापना प्रयासस्वरूप सद्भाव र्याली निकालिने भएको छ। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल ले आह्वान गरेको सर्वदलीय बैठकले सोमबार बिहान साढे ७ बजे सद्भाव र्याली निकाल्ने निर्णय गरेको हो ।
प्रशासनका अनुसार धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव कायम राख्ने सन्देशसहित नागरिक समाजका अगुवाहरूको सहभागितामा र्याली आयोजना हुनेछ । झडपपछि जिल्लामा शनिबारदेखि कफ्र्यु आदेश जारी गरिएको छ । प्रशासनले सबैलाई संयमता अपनाउन र शान्ति कायम राख्न अपिल गरेको छ ।