नेपाली भूमि लिपुलेक हुँदै व्यापार गर्न भारत र चीनबीच सहमति

७ महिना अगाडि
नेपाली भूमि लिपुलेक हुँदै व्यापार गर्न भारत र चीनबीच सहमति

काठमाण्डौ । भारत र चीन सरकारबीच नेपाली भूमि लिपुलेक पास हुँदै द्धिपक्षीय व्यापार खुला गर्ने सहमति भएको छ । नेपाललाई बिना कुनै जानकारी नदिई दुवै देशले नेपाली भूमि प्रयोग गरेर व्यापार गर्ने सहमति गरेका हुन् । भारत भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय समकक्षी एस जयशंकरबीच यस्तो सहमति भएको हो । दुई देशबीच भएको सहमतिको ९ नम्बर बुँदामा लिपुलेक पास, शिपकी ला पास र नाथू ला पास हुँदै सीमा व्यापार पुनः खोल्न सहमति भएको उल्लेख छ ।  

यसअघि पनि भारत र चीनले नेपाली भूमी लिपुलेख हुँदै एकअर्काबीच व्यापार गर्ने विषयमा सहमति जुटाएका थिए । विसं २०७२ सालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ प्रधानमन्त्री ली खछियाङबीच यस्तो सहमति भएको थियो । यो सहमतिप्रति नेपाल सरकारले असन्तुष्टि जनाउँदै दुबै देशलाई कुटनीतिक नोट पठाएको थियो ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफको धम्किका बीच भारत र चीन यतिबेला नजिकिएका छन् । सीमा विवादका बीच दुवै देशले सम्बन्ध सुधार्ने सकारात्मक संकेत गरेका छन् । भारतीय विदेशमनत्री एस जयशंकरले गत महिना गरेको चीन भ्रमणपश्चात चिनियाँ विदेशमन्त्रीले पनि यही अगस्ट १८ र १९ तारिखमा भारतको भ्रमण गरेका छन् ।