सुर्खेतमा गगन थापाको प्रहार : इन्कार र मौनता दुवै गलत

एक महिना अगाडि
सुर्खेतमा गगन थापाको प्रहार : इन्कार र मौनता दुवै गलत

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनबारे नेकपा एमालेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । कर्णाली प्रदेशको सुर्खेत मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आन्दोलनप्रति दुई प्रकारका प्रवृत्ति देखिएको टिप्पणी गरे ।

थापाले फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा जेनजी आन्दोलनलाई फरक–फरक कोणबाट व्याख्या गर्ने प्रयास भइरहेको बताए । उनले एमालेले भदौ २३ मा संसद् भवन पहिले जलेको र त्यसपछि मात्र गोली चलेको भन्ने तर्क अघि सारेको उल्लेख गर्दै त्यसप्रति असन्तुष्टि जनाए ।

उनका अनुसार आन्दोलनका विषयमा एउटा प्रवृत्ति ‘सबै ठिकठाक थियो’ भन्दै इन्कार गर्ने रहेको छ । भन्छन्, २३ र २४ अघि देशमा केही बिग्रेको थिएन,सबैले दूधभात खाएका थिए,थापाले भने, ‘तर यथार्थ त्यस्तो थिएन । उनले यस्ता अभिव्यक्तिले घटनाको गम्भीरतालाई हल्का बनाउने आरोप लगाए ।

अर्कोतर्फ, उनले आन्दोलनको समयमा मौन बसेर पछि राजनीतिक लाभ लिन खोज्ने प्रवृत्तिमाथि पनि कटाक्ष गरे । यस सन्दर्भमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का वरिष्ठ नेता बालेन शाह प्रति लक्षित टिप्पणी गरे । अर्को प्रवृत्ति छ—बोल्दैन, भन्दैन, तर २३ र २४ गते दन्केको आगोमा आफ्नो राजनीतिक रोटी सेक्छ,’ उनले भने ।