काठमाडौं । २२ कम्युनिष्ट तथा समाजवादी धारका दल–समूह मिलेर बनेको नवगठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले बिहीबार आफ्नो चुनावी अपिल सार्वजनिक गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाल द्वारा हस्ताक्षरित अपिलमा ‘तारा’ चुनाव चिन्हमा मतदान गर्न आह्वान गरिएको छ।
‘व्यवस्था बदल्यौं, अब अवस्था बदल्छौं’ भन्ने नारासहित पार्टीले सुशासन, आर्थिक रूपान्तरण र राष्ट्रिय स्वाधीनतालाई मुख्य मुद्दा बनाएको छ। वर्तमान निर्वाचन प्रणाली खर्चिलो, भड्किलो र जटिल भएको भन्दै यसमा सुधार आवश्यक रहेको उल्लेख गरिएको छ। कुनै दलको एकल बहुमत नआउने अवस्थाले अस्थिरता बढाएको दाबी गर्दै कम खर्चिलो र सरल निर्वाचन प्रणाली अपनाउनुपर्नेमा जोड दिइएको छ।