काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से ६.०३ अंकले बढेर २६५४.९३ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेन्ज का अनुसार ४ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
१३७ कम्पनीको सेयर मूल्य बढ्दा सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्स सबैभन्दा बढी लाभान्वित भए। ११८ कम्पनीको मूल्य भने घटेको छ।