निर्वाचनविरोधी गतिविधिमा १४२ जना पक्राउ

एक महिना अगाडि
निर्वाचनविरोधी गतिविधिमा १४२ जना पक्राउ

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न भएको आरोपमा देशभरबाट १४२ जना पक्राउ परेका छन्। नेपाल प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, एआइ प्रयोग गरी भ्रामक सामग्री तयार पार्ने तथा मतदानमा अवरोध पुर्‍याउने प्रयास गर्नेहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउमध्ये ७६ जना हाल हिरासतमा छन् भने ६६ जना अनुसन्धानपछि छुटेका छन्। प्रहरीले निर्वाचन अवधिमा सामाजिक सञ्जालको दुरुपयोग र उक्साहटपूर्ण गतिविधि कडाइका साथ नियन्त्रण गरिने जनाएको छ।