रुपन्देही । निर्वाचनको स्वच्छता र शान्ति कायम राख्न लागू गरिएको मदिरा बिक्रीवितरण निषेध आदेश उल्लङ्घन गरेको आरोपमा ११ जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार चारवटा मदिरा पसल सिल गरिएको छ भने सिद्धार्थनगर–६ स्थित एक रेष्टुरेन्टबाट सञ्चालकसहित नौ जना नियन्त्रणमा परेका छन्।
मायादेवी गाउँपालिकाबाट ११० बोतल मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ।
उता पर्सामा नौ थान सुतली बम र सुँगुरको टाउकोसहित तीन जनालाई पक्राउ गरिएको छ। धार्मिक स्थलमा फ्याँक्ने उद्देश्यसहित सामग्री बोकेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।