काठमाडौं । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक) ले प्रतिनिधिसभा सदस्य निर्वाचनप्रति मतदाताको उत्साह उच्च रहेको जनाएको छ।
संस्थाले स्थलगत अवलोकन, सरोकारवालासँगको छलफल तथा कल सेन्टरमा प्राप्त सूचनाका आधारमा निर्वाचनपूर्वको वातावरण समग्रमा शान्तिपूर्ण र व्यवस्थापकीय रूपमा व्यवस्थित रहेको निष्कर्ष सार्वजनिक गरेको हो।
राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, प्रेस तथा जिल्ला प्रशासन र निर्वाचन अधिकारीसँगको अन्तर्क्रियाका आधारमा प्रतिवेदन तयार गरिएको महासचिव कृष्णमान प्रधानले जानकारी दिएका छन्।