काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार बुधबार सुनको मूल्य तोलामा ११ हजार रुपैयाँले घटेर तीन लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन सुन तीन लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि तोलामा २७५ रुपैयाँले घटेर पाँच हजार ५४० रुपैयाँमा झरेको छ। अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटको असर नेपाली बजारमा देखिएको महासंघले जनाएको छ।