काठमाडौं । मध्यपूर्वमा जारी तनावले उग्र रूप लिँदै जाँदा चौथो दिन इरानको राजधानी तेहरान सहित विभिन्न शहरमा शक्तिशाली विस्फोट भएका छन्।
समाचार संस्थाहरूका अनुसार हालसम्म झण्डै ९ सय जनाको ज्यान गएको अनुमान छ। तेहरानस्थित ऐतिहासिक गोलेस्तान दरबार परिसरमा समेत क्षति पुगेको बताइएको छ।
इरान र इजरायल बीच आक्रमण र प्रत्याक्रमण जारी छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग वार्ताका लागि समय सीमित हुँदै गएको चेतावनी दिएका छन्।
मध्यपूर्व क्षेत्रमा बढ्दो तनावले अन्तर्राष्ट्रिय समुदायको ध्यान तानेको छ।