प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा, बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान

एक महिना अगाडि
प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा, बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान

काठमाडौं । निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी सम्पन्न भएको जनाएको छ। निर्वाचनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभरका सबै मतदान केन्द्रमा आवश्यक सामग्री सुरक्षित रूपमा पुर्‍याइसकिएको जानकारी दिए।

उनका अनुसार फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान सञ्चालन हुनेछ। मतपत्र, मतपेटिका लगायतका सम्पूर्ण सामग्री सम्बन्धित केन्द्रमा पुर्‍याइनुका साथै मतदान केन्द्र निर्माण र व्यवस्थापन कार्य पनि सम्पन्न भएको छ।

२०८२ साल भदौ २३ र २४ गतेको आन्दोलनपछि सिर्जित विशेष परिस्थितिमा घोषणा भएको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आयोग पूर्ण रूपमा सक्रिय रहेको भण्डारीले स्पष्ट पारे। मतदान स्थलहरूलाई लैंगिक तथा अपाङ्गमैत्री बनाइएको र सबै मतदाताको सहज पहुँच सुनिश्चित गरिएको पनि उनले बताए।