काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न गृहजिल्ला फर्किनेहरूको संख्या उल्लेख्य रूपमा बढेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका अनुसार फागुन १ गतेदेखि २० गते बिहानसम्म ८ लाख ८४ हजारभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिएका छन्। सोही अवधिमा ६ लाख ६७ हजारभन्दा बढी यात्रु विभिन्न नाकाबाट उपत्यकाभित्र भित्रिएको तथ्याङ्कमा उल्लेख छ।