काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रामक र अतिरञ्जित सूचनाप्रति नेपाली सेना ले ध्यानाकर्षण भएको जनाएको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गर्दै नियोजित रूपमा फैलाइएका गलत सूचनामा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो। जङ्गी अड्डाका अनुसार सेना संविधानले दिएको जिम्मेवारीअनुसार अन्य सुरक्षा निकायसँग समन्वय गर्दै निर्वाचन सुरक्षामा खटिएको छ।
मतदानपछि मतपेटिका ढुवानीसम्बन्धी समाचारप्रति पनि स्पष्ट पार्दै सेनाले एकीकृत सुरक्षा योजनाअनुसार सुरक्षा प्रदान गरिने जनाएको छ। सैनिक प्रवक्ता सहायकरथी राजाराम बस्नेतले मिस इन्फर्मेशन र डिस इन्फर्मेशनप्रति सचेत रहन सबैलाई आग्रह गरेका छन्।