काठमाडौं । मध्यपूर्वमा चर्किएको तनावका कारण नेपालले खेल्ने लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट श्रृंखला स्थगित भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्तिमार्फत मार्च १० देखि यूएई र ओमानसँग हुने तय भएको श्रृंखला अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ।
त्यसैगरी एशियाली फुटबल महासङ्घले मध्यपूर्वको परिस्थितिका कारण एशियाली च्याम्पियन्स लिगका आगामी खेलहरू पनि अनिश्चितकालका लागि स्थगित गरेको जनाएको छ।