काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर–३ मा मतदान गरेका छन्।
सभापति लामिछानेले उपत्यका खानेपानी लिमिटेडस्थित महाँकालचौर मतदान केन्द्रमा पुगेर आफ्नो मत खसालेका हुन्। उनी भने चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन्।
काठमाडौं–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी कै तर्फबाट राजु पाण्डे उम्मेदवार छन्।
मतदानपश्चात् सभापति लामिछानेले मतपेटिका ढोग्दै निर्वाचन सफलताका लागि शुभकामना व्यक्त गरेका थिए।