सर्लाही । नेपाली कांग्रेस का सभापति गगन थापा उम्मेदवार रहेको सर्लाही क्षेत्र नम्बर–४ मा मतदान सुरु भएलगत्तै तनाव उत्पन्न भएको छ।
बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान प्रारम्भ भएको केही समयमै मतदाताबीच विवाद चर्किएपछि हुलदङ्गाको अवस्था सिर्जना भएको थियो। त्यसक्रममा केहीबेर स्थिति तनावग्रस्त बन्दा मतदानसमेत अवरुद्ध भएको थियो।
सुरक्षा निकाय र निर्वाचन कर्मचारीको समन्वयपछि अवस्था नियन्त्रणमा आएको छ भने हाल उक्त केन्द्रमा मतदान पुनः सुचारु भएको छ।