उदयपुरमा प्रहरीको हतियारबाट गोली पड्किँदा मतपेटिकामा सामान्य क्षति, मतदान जारी

एक महिना अगाडि
उदयपुरमा प्रहरीको हतियारबाट गोली पड्किँदा मतपेटिकामा सामान्य क्षति, मतदान जारी

 

कटारी । उदयपुरमा निर्वाचन सुरक्षाका लागि खटिएको प्रहरीको हतियारबाट आकस्मिक रूपमा गोली पड्किँदा मतपेटिकामा सामान्य क्षति पुगेको छ।

कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा आज बिहान करिब सवा ७ बजे उक्त घटना भएको हो। नेपाल प्रहरी ले बोकेको सटगनबाट गोली पड्किँदा मतपेटिकामा क्षति पुगेको जनाइएको छ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे का अनुसार घटनामा मानवीय वा अन्य भौतिक क्षति भने भएको छैन।

गोली लागेर क्षति पुगेको मतपेटिका तत्काल फेरेर मतदान प्रक्रिया निरन्तरता दिइएको छ। मतदानमा अन्य कुनै अवरोध नभएको प्रहरीले जनाएको छ।