काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी छ। बिहान १० बजेसम्म देशभर १० लाखभन्दा बढी मत खसेको निर्वाचन आयोग ले जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार बिहान १० बजेसम्म १० लाख ६५ हजार १२० मत खसेको छ । यो कुल मतदाताको करिब ६ प्रतिशत मतदान भएको हो ।
यसपटकको प्रतिनिधिसभा निर्वाचनमा देशभर एक करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन्। मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।