चितवनमा भोट खसालेपछि हेलिकप्टर चढेर रुकुमपूर्व पुगे प्रचण्ड
एक महिना अगाडि
काठमाडौं । गृह जिल्ला चितवनमा भोट हालेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड हेलिकप्टरमार्फत रुकुमपूर्वको सिस्ने-५ कमलदह पुगेका हुन् ।
चितवन–३ मा पर्ने भरतपुर–१४ स्थित प्रहरी स्कुलमा प्रचण्डले आज बिहान मतदान गरेका हुन् ।