काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको सुरक्षास्थितिको अनुगमन गर्न ओमप्रकाश अर्याल नेतृत्वको टोलीले गृह मन्त्रालयको कन्ट्रोल रुमबाट प्रत्यक्ष निगरानी गरिरहेको छ।
गृहमन्त्री अर्यालसँगै राजकुमार श्रेष्ठ, विभिन्न सुरक्षा निकायका प्रमुख तथा गृह मन्त्रालयका उच्च अधिकारीहरू निर्वाचन सुरक्षाको अवस्थाबारे निरन्तर जानकारी लिइरहेका छन्।
गृहमन्त्रीका निजी सचिव पर्शुराम पोखरेल का अनुसार टोलीले गृह मन्त्रालयस्थित कन्ट्रोल रुममा बसेर देशभरका निर्वाचन क्षेत्रको अवस्था अनुगमन गरिरहेको छ।
निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षा संयन्त्रमार्फत देशभरको गतिविधि निरन्तर निगरानीमा राखिएको मन्त्रालयले जनाएको छ।