ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ मा स्थानीयले मतदान नगरेपछि एक मतदान केन्द्रमा मत खस्ने क्रम सुरु नै हुन सकेको छैन।
सहिद स्मृति आधारभूत विद्यालयमा राखिएको मतदान केन्द्रमा बिहानदेखि मतदाताको उपस्थिति नदेखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रान्ती का अनुसार हालसम्म त्यहाँ एक जनाले पनि मतदान गरेका छैनन्। उक्त केन्द्रमा ७०१ मतदाता दर्ता छन्।
स्थानीयले लामो समयदेखि प्रादेशिक अस्पताल निर्माणको माग गर्दै आएका छन्। करिब आठ वर्षअघि अस्पताल निर्माणका लागि प्रक्रिया सुरु भई डीपीआर तयार भए पनि काम अघि नबढेको भन्दै असन्तुष्टि जनाउँदै मतदानमा सहभागी नभएको बताइएको छ।
वडा अध्यक्ष विष्णु प्रसाद गौतम ले अस्पताल निर्माणका लागि १६६ रोपनी जग्गा उपलब्ध गराइसक्दा पनि योजना कार्यान्वयन नभएकाले स्थानीयले विरोधस्वरूप मतदान बहिष्कार गरेको जानकारी दिए।