उम्मेदवारी क्षेत्रमै व्यस्त हुँदा नारायणकाजी श्रेष्ठले मतदान गर्न पाएनन्

एक महिना अगाडि
उम्मेदवारी क्षेत्रमै व्यस्त हुँदा नारायणकाजी श्रेष्ठले मतदान गर्न पाएनन्

 

सर्लाही । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ यसपटक मतदानमा सहभागी हुन सकेनन्।

गोरखाको सिरानचोक गाउँपालिका–८ का मतदाता रहेका श्रेष्ठ अहिले प्रतिनिधिसभा सदस्यका लागि सर्लाही–३ बाट उम्मेदवार छन्। चुनावी कार्यक्रमका कारण उम्मेदवारी दिएको क्षेत्रमा नै व्यस्त रहनुपरेकाले उनी मतदानका लागि गोरखा पुग्न नसकेको उनको सचिवालयले जनाएको छ।

यसअघि भएका निर्वाचनमा भने उनले सिरानचोक–८ जौबारीस्थित मतदान केन्द्रमा पुगेर आफ्नो मत खसाल्दै आएका थिए।