दोलखामा विवादपछि प्रहरीको हवाइ फायर, सर्वदलीय बैठक

एक महिना अगाडि
दोलखामा विवादपछि प्रहरीको हवाइ फायर, सर्वदलीय बैठक

दोलखा । दोलखाको तामाकोसी गाउँपालिका–४ स्थित गोल्मेश्वर माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा विवाद समाधान भएर मतदान सुचारु गर्ने सहमति जुटेको छ । विवाद भएपछि केहीबेर मतदान रोकिएको छ।

मतदानस्थलमा तनाव बढेपछि स्थिति सामान्य बनाउन सर्वदलीय बैठक बसेको थियो । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार मतदान केन्द्रमा खटिएका कर्मचारीमाथि हातपात भएपछि अवस्था तनावपूर्ण बनेको थियो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको उनले जानकारी दिए। हाल अवस्था नियन्त्रणमा आएको छ ।