काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहान ७ बजेदेखि सुरु भएको मतदान क्रमशः जारी रहे पनि सुरुवाती समयको तुलनामा अहिले केही सुस्त गतिमा भइरहेको छ।
निर्वाचन आयोग का अनुसार बिहान ११ बजेसम्म देशभर १९ लाख २३ हजार ८२४ मत खसेको छ, जुन कुल मतदाताको करिब १०.१८ प्रतिशत हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई ले उक्त जानकारी दिएका हुन्।
मतदान साँझ ५ बजेसम्म जारी रहनेछ। आयोगका तथ्यांकअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन्।
कुल मतदातामध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २ सय जना अन्य मतदाता रहेका आयोगले जनाएको छ।