भक्तपुरमा मतदान गरेपछि झापा नजाने भए ओली

एक महिना अगाडि
भक्तपुरमा मतदान गरेपछि झापा नजाने भए ओली

 

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले भक्तपुरको सूर्यविनायक नगरपालिका–स्थित बालकोटमा रहेको महेन्द्र शान्ति विद्यालय मतदान केन्द्रबाट मत खसालेका छन्।

मतदानपछि उनी उम्मेदवारी दिएको झापा–५ जाने कार्यक्रम भए पनि अन्तिम समयमा उक्त योजना स्थगित गरिएको उनको सचिवालयले जनाएको छ। यसअघि काठमाडौंमा मतदान गरेपछि झापा पुगेर विभिन्न मतदान केन्द्रको अवलोकन गर्ने तयारी गरिएको थियो।

तर, कार्यक्रम परिवर्तन भएपछि ओली भक्तपुरको गुण्डु क्षेत्रमै बस्ने एमालेले जानकारी दिएको छ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह पनि झापा–५ तर्फ गएका थिए। तर, हेलिकप्टर अवतरण नभएपछि उनी बीच बाटोबाटै फर्किएको जनाइएको छ।