देशभर १२ बजेसम्म ३१ लाखभन्दा बढी मत खस्यो

एक महिना अगाडि
देशभर १२ बजेसम्म ३१ लाखभन्दा बढी मत खस्यो


काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर जारी मतदानमा मध्याह्न १२ बजेसम्म उल्लेख्य मत खसेको छ।

निर्वाचन आयोग का अनुसार यस अवधिसम्म कुल ३१ लाख ६३ हजार ७३६ मत खसेको छ, जुन करिब १८ प्रतिशत मतदान हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई ले सबै जिल्लामा मतदानको अवस्था उत्साहजनक रहेको जानकारी दिएका छन्।

यसपटक प्रतिनिधिसभा निर्वाचनका लागि देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन्। मतदान प्रक्रिया साँझ ५ बजेसम्म जारी रहनेछ।