काठमाडौं । बालेन्द्र शाह ले प्रधानमन्त्री सुशीला कार्की को नेतृत्वमा देशमा लोकतन्त्रले जित हासिल गरेको टिप्पणी गरेका छन्।
बिहीबार प्रतिनिधिसभा निर्वाचनको मतदान सम्पन्न भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
प्रधानमन्त्री कार्कीको तस्वीर साझा गर्दै उनले लेखेका छन्, “हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ, आमा।” जेनजी आन्दोलन पछि प्रधानमन्त्री बनेकी कार्कीको नेतृत्वमा देशभर मतदान प्रक्रिया सम्पन्न भएको हो।
यसैबीच निर्वाचन आयोग का पदाधिकारीहरूले छिटपुट विवादबाहेक अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको बताएका छन्।