देशभर रास्वपाको लहर, ३४ मध्ये ३० क्षेत्रमा अग्रता

एक महिना अगाडि
देशभर रास्वपाको लहर, ३४ मध्ये ३० क्षेत्रमा अग्रता

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणनामा देशैभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेख्य अग्रता लिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार हालसम्म मतगणना भइरहेका ३४ निर्वाचन क्षेत्रमध्ये ३० क्षेत्रमा रास्वपाका उम्मेदवार अगाडि रहेका छन्।

आयोगको तथ्यांकअनुसार मोरङ क्षेत्र नं. १ मा यज्ञमणि न्यौपाने, मोरङ–४ मा सन्तोष राजवंशी, मोरङ–५ मा आशा झा, धनुषा–३ मा मनिष झा, रौतहट–४ मा गणेश पौडेल, बारा–३ मा अरविन्द साह अग्रस्थानमा छन्।

त्यसैगरी काठमाडौंका सबै क्षेत्रमा रास्वपाले अग्रता कायम गरेको छ। काठमाडौं–१ मा रञ्जु न्यौपाने (दर्शना), काठमाडौं–२ मा सुनिल केसी, काठमाडौं–३ मा राजुनाथ पाण्डे, काठमाडौं–४ मा पुकार बम, काठमाडौं–५ मा सस्मित पोखरेल, काठमाडौं–६ मा शिशिर खनाल, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त महर्जन, काठमाडौं–९ मा डीपी अर्याल र काठमाडौं–१० मा प्रदीप विष्ट अग्रता बनाएका छन्।

भक्तपुर–१ मा रुकेश रन्जित, भक्तपुर–२ मा राजीव खत्री, ललितपुर–२ मा जगदीश खरेल, चितवन–२ मा रवि लामिछाने, चितवन–३ मा सोविता गौतम पनि अग्रस्थानमा छन्।

यस्तै कास्की–१ मा खडक राज पौडेल, कास्की–२ मा उत्तमप्रसाद पौडेल, कास्की–३ मा विना गुरुङ, रुपन्देही–२ मा सुलभ पोखरेल, रुपन्देही–३ मा लेखजंग थापा, दाङ–१ मा देवराज पाठक, बाँके–१ मा सुरेशकुमार चौधरी, बाँके–३ मा खगेन्द्र सुनार र कञ्चनपुर–२ मा दिपकराज बोहरा अग्रता कायम गरेका छन्।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले तीन स्थानमा अग्रता बनाएको छ। तेह्रथुममा भानुभक्त ढकाल, रुपन्देही–४ मा प्रमोदकुमार यादव र बाँके–२ मा मोहम्मद इस्तियाक राई अगाडि रहेका छन्।

त्यस्तै नेपाली कांग्रेसले एक क्षेत्रमा अग्रता लिएको छ। ललितपुर–१ मा उदयशम्शेर राणा अग्रस्थानमा रहेका छन्।

निर्वाचन आयोगका अनुसार मतगणना जारी रहेकाले नतिजामा अझै परिवर्तन हुन सक्ने सम्भावना रहेको छ। यसैबीच विभिन्न जिल्लामा रहेका सञ्चारकर्मी तथा सहकर्मीहरूको जानकारी अनुसार रास्वपाको अग्रता अझै बढ्दै गएको बताइएको छ।