काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नं. १ को मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो मतपरिणाम अनुसार रञ्जु न्यौपाने (दर्शना) करिब–करिब जितको नजिक पुगेकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार न्यौपानेले ५ हजार ८४८ मतान्तरले अग्रता कायम गरेकी छन्। हालसम्म २० हजार ८ मत गणना हुँदा उनले १० हजार ५८१ मत प्राप्त गरेकी छन् ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ४ हजार ७३३ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले २ हजार ७४४ मत ल्याएका छन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मोहनराज रेग्मीले ८६५ मत पाएका छन् ।
मतगणना अन्तिम चरणमा पुगेकाले केही समयभित्रै अन्तिम परिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ ।