मतगणनामा रास्वपाको वर्चस्व कायमै, १२७ मध्ये ९३ क्षेत्रमा अग्रता

एक महिना अगाडि
मतगणनामा रास्वपाको वर्चस्व कायमै, १२७ मध्ये ९३ क्षेत्रमा अग्रता

 

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभरका विभिन्न स्थानमा मतगणना जारी रहेको छ। १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १२७ क्षेत्रको मतगणना भइरहेको विवरण प्राप्त भएको छ।

यसैबीच दुई निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। काठमाडौं क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु न्यौपाने (दर्शना) निर्वाचित भएकी छन् भने मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन्।

बाँकी १२७ निर्वाचन क्षेत्रमा जारी मतगणनाको प्रारम्भिक विवरणअनुसार रास्वपाले ९३ क्षेत्रमा अग्रता कायम गरेको छ। त्यस्तै नेपाली कांग्रेस १२ स्थानमा र नेपाल कम्युनिष्ट पार्टी (एमाले) १० स्थानमा अगाडि रहेका छन्।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी ९ क्षेत्रमा अग्रता बनाइरहेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी र स्वतन्त्र उम्मेदवार १/१ स्थानमा अगाडि छन्।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन अधिकारीहरूले बताएका छन्।