मतगणनामा रास्वपाको दबदबा, १३१ मध्ये ९६ क्षेत्रमा अग्रता

एक महिना अगाडि
मतगणनामा रास्वपाको दबदबा, १३१ मध्ये ९६ क्षेत्रमा अग्रता

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभरका विभिन्न स्थानमा मतगणना जारी रहेको छ। १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १३१ क्षेत्रको मतगणना भइरहेको विवरण प्राप्त भएको छ।

यसैबीच दुई निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। काठमाडौं क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु न्यौपाने (दर्शना) निर्वाचित भएकी छन् भने मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन्।

जारी मतगणनाअनुसार १३१ निर्वाचन क्षेत्रमध्ये रास्वपाले ९६ स्थानमा अग्रता कायम गरेको छ। त्यस्तै नेपाली कांग्रेस ११ स्थानमा र नेपाल कम्युनिष्ट पार्टी (एमाले) १० स्थानमा अग्रता लिँदै आएका छन्।

यसैगरी नेपाल कम्युनिष्ट पार्टीले ९ क्षेत्रमा अग्रता बनाएको छ भने श्रम संस्कृति पार्टी ३ स्थानमा अगाडि रहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार १/१ स्थानमा अग्रता कायम गरेका छन्।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन अधिकारीहरूले बताएका छन्।