काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा राजधानी काठमाडौंका सबै १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित निकाल्ने अवस्थामा पुगेको छ। हालसम्म ४ क्षेत्रमा रास्वपा उम्मेदवार विजयी भइसकेका छन् भने बाँकी ६ क्षेत्रमा पनि फराकिलो मतान्तरसहित अग्रता कायम गरेका छन्। यससँगै काठमाडौंमा रास्वपाले ‘क्लिनस्विप’ गर्ने लगभग निश्चित देखिएको छ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा भने रास्वपाले १० मध्ये ४ क्षेत्रमा मात्र जित हात पारेको थियो। त्यतिबेला काठमाडौं–२ बाट सोविता गौतम, काठमाडौं–६ बाट शिशिर खनाल, काठमाडौं–७ बाट गणेश पराजुली र काठमाडौं–८ बाट विराजभक्त श्रेष्ठ विजयी भएका थिए। अन्य पाँच क्षेत्रमा नेपाली कांग्रेस र एक क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) विजयी भएका थिए।
काठमाडौं–१
रास्वपाकी रञ्जु दर्शना न्यौपाने १५ हजार ४५५ मतसहित विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रवल थापा ले ६ हजार ३३९ मत प्राप्त गरेका छन्।
काठमाडौं–२
रास्वपाका सुनिल केसी १५ हजार ५३३ मतसहित अग्रतामा छन्। उनलाई पछ्याइरहेका कांग्रेसका कविर शर्मा ले ४ हजार ७८२ मत प्राप्त गरेका छन्।
काठमाडौं–३
रास्वपाका राजुनाथ पाण्डे १८ हजार ७५७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टी का कुलमान घिसिङ ले ११ हजार १७१ मत प्राप्त गरेका छन्।
काठमाडौं–४
रास्वपाका पुकार बम २० हजार १७६ मतसहित ठूलो अन्तरले अगाडि छन्। कांग्रेसका सचिन तिमल्सेना ले ६ हजार ५८ मत पाएका छन् भने तेस्रो स्थानमा एमालेका राजन भट्टराई ४ हजार ७२९ मतसहित छन्। दुबै प्रतिस्पर्धीले सामाजिक सञ्जालमार्फत हार स्वीकार गरिसकेका छन्।
काठमाडौं–५
रास्वपाका सस्मित पोखरेल २१ हजार ८९३ मतसहित अग्रतामा छन्। कांग्रेसका प्रदीप पौडेल ले ६ हजार ६७५ मत प्राप्त गरेका छन्।
काठमाडौं–६
रास्वपाका शिशिर खनाल २७ हजार ७१९ मतसहित विजयी भइसकेका छन्। उनका निकटतम प्रतिस्पर्धी कृष्ण सबुज बानियाँ ले ६ हजार ६४७ मत पाएका छन्।
काठमाडौं–७
रास्वपाका गणेश पराजुली २१ हजार ७६६ मतसहित जित नजिक छन्। एमालेका प्रकाश श्रेष्ठ ३ हजार १२२ मतसहित दोस्रो स्थानमा छन्।
काठमाडौं–८
रास्वपाका विराजभक्त श्रेष्ठ २४ हजार ५९२ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी सुमन सायमी ले ३ हजार २१७ मत पाएका छन्।
काठमाडौं–९
रास्वपाका डोलप्रसाद अर्याल २२ हजार ३७८ मतसहित फराकिलो अग्रतामा छन्। कांग्रेसकी नानुमैया बास्तोला ले ३ हजार ७१३ मत प्राप्त गरेकी छन्।
काठमाडौं–१०
रास्वपाका प्रदीप विष्ट ३० हजार १६६ मतसहित जित नजिक छन्। कांग्रेसका हिमाल कार्की ले ७ हजार ४ मत पाएका छन्।
राजधानीका सबै क्षेत्रमा रास्वपाको बलियो प्रदर्शनले यसपटक काठमाडौंमा पारम्परिक दलहरू नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई ठूलो धक्का लागेको विश्लेषण गरिएको छ।